कम्पनीको वार्षिक विवरण अद्यावधिक गर्ने समय पुस मसान्तसम्म थप
बिर्तामोड, १९ कार्तिक ।
सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना बढाइएको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुनेछ ।
कार्यालयकी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले कम्पनी सञ्चालकलाई समयमै विवरण अद्यावधिक गरी जरिवाना छुटको सुविधा लिन आग्रह गर्नुभएको छ । यसैबीच, नेपालमा नयाँ कम्पनी दर्ता हुने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०८१÷८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा गत आर्थिक वर्ष २०८२÷८३ मा २६ हजार २९१ कम्पनी दर्ता भएका छन्। यो अघिल्लो वर्षको तुलनामा पाँच हजार ५५५ ले बढी हो ।
चालु आर्थिक वर्षको कात्तिक १२ गतेसम्म थप १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन् । विदेशबाट फर्किएका नेपालीले विदेशमा आर्जन गरेको सीप, प्रविधि र पुँजी स्वदेशमै लगानी गरी व्यवसाय सञ्चालन गर्न थालेकाले कम्पनी दर्ता बढेको रजिष्ट्रार श्रेष्ठले बताउनुभएको छ ।



.jpeg)

.jpeg)

.jpeg)


प्रतिकृया दिनुहोस