रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सरकार सक्रिय हुनुपर्ने सभामुख अर्यालको भनाइ 

काठमाडौँ, २३ कात्तिक ।
सभामुख डोलप्रसाद अर्यालले रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित पहल गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक कार्यालय परिसरमा आयोजित रैथाने मेलाको अवलोकनपछि उहाँले किसानलाई उत्पादनसँगै प्रचारप्रसार र बजारीकरणमा समय दिन कठिन हुने भएकाले सरकारले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ लगायत सरकारी संस्थान र सञ्चारमाध्यमले किसानका उत्पादनलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।
सभामुख अर्यालले यस्ता मेला काठमाडौँमा मात्र सीमित नगरी देशका ठूला सहर तथा बजारमा पनि नियमित आयोजना गर्नुपर्ने बताउनुभयो । यसले किसानलाई आफ्ना उत्पादन उपभोक्तासम्म पु¥याउन र विभिन्न क्षेत्रका रैथाने उत्पादनलाई नयाँ बजारसँग जोड्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मेलाका क्रममा सरकारी स्टलमा समेत प्लास्टिकका झोला प्रयोग गरिएकोप्रति ध्यानाकर्षण गराउँदै उहाँले त्यसो नगर्न र सरकारी उत्पादनमा अधिकतम खुद्रा मूल्य स्पष्ट उल्लेख गर्न सुझाव दिनुभयो ।
नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन र स्थानीय उद्यमशीलताको प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले शनिबारदेखि सुरु भएको तीनदिने मेला आज सम्पन्न भएको छ । ०००००

प्रतिकृया दिनुहोस