पूर्वाधार आयोजनामा लगानी विस्तार गर्न नागरिक लगानी कोषद्वारा सरकारी सहयोग माग 

सोलुखुम्बुको खुम्बु क्षेत्रमा खच्चडको माध्यमबाट ग्यास ढुवानी गरिँदै । सडक सञ्जाल नपुगेका लुक्लाभन्दा माथिल्लो क्षेत्रमा ग्यासदेखि अन्य उपभोग्य वस्तुहरूसमेत यसरी नै खच्चड वा भरियाले ढुहानी गर्ने गर्छन्। तस्बिरः सुवास दर्नाल/रासस

काठमाडौं, १० मंसिर ।
नागरिक लगानी कोषले पूर्वाधार तथा सरकारी प्राथमिकताका आयोजनामा लगानी विस्तार गर्न सरकारसँग सहयोग माग गरेको छ ।
प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा कोषको अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानीका लागि सरकारी पहल आवश्यक रहेको बताउनुभयो ।
प्रत्यक्ष लगानी सम्भव नभए सरकारले दीर्घकालीन विकास ऋणपत्र जारी गरेर विकास निर्माणमा रकम परिचालन गर्न सक्ने उहाँको सुझाव छ ।
कार्यकारी निर्देशक कार्कीले समान प्रकृतिका संस्थाबीच प्रतिस्पर्धा बढ्नु र संस्थागत निक्षेपको ब्याजदर घट्नुले कोषको आम्दानी प्रभावित भएको बताउनुभयो । अन्य क्षेत्रमा लगानी विस्तार गर्न नसक्दा ठूलो रकम कल तथा चालु खातामा रहेको उहाँले जानकारी दिनुभयो ।
कोषले नागरिक पेन्सन योजनामार्फत स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई समेट्ने, बचत सङ्कलन विस्तार गर्ने र सरकारका प्राथमिकताप्राप्त आयोजनामा लगानी बढाउने योजना अघि सारेको छ ।
त्यस्तै, कर्जा विस्तार, सामूहिक लगानी कोष, इक्विटी तथा पुँजीबजारका नयाँ उपकरणमा लगानी विविधीकरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
बन्दमुखी सामूहिक लगानी कोष सञ्चालनका लागि धितोपत्र बोर्डमा अनुमति प्रक्रिया अघि बढाइएको र पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालन गर्ने योजना रहेको छ ।
यसैबीच, बुधबारदेखि अर्थ समितिमा नागरिक लगानी कोष ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल सुरु भएको छ । ०००००

प्रतिकृया दिनुहोस