अमेरिकामा शक्तिशाली आँधीले जनजीवन प्रभावित
बिर्तामोड, ११ मंसिर ।
अमेरिकाको पूर्वी र पश्चिमी तटीय क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित भएको छ । आँधीका कारण सयौँ हवाई उडान रद्द भएका छन् भने एक हजारभन्दा बढी उडान ढिला भएका छन् ।
बीबीसीका अनुसार आँधीका कारण नौ लाखभन्दा बढी घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ । थ्याङ्क्सगिभिङ पर्व मनाइरहेका बेला खराब मौसमले यातायात तथा हवाई सेवामा असर पारेको हो ।
अमेरिकामा बिदाका अवसरमा आठ करोडभन्दा बढी मानिसले यात्रा गर्ने अनुमान गरिएको छ । भर्जिनिया क्षेत्रमा प्रतिघण्टा ७० देखि ८० माइलको गतिमा हावाहुरी चलेको छ ।
प्रतिकूल मौसमका कारण न्यूयोर्कमा आयोजना हुने प्रसिद्ध मेसीज थ्याङ्क्सगिभिङ डे परेडसमेत स्थगित गरिएको छ ।
न्यूयोर्कका मेयर जोहरान माम्दानीले आँधीका कारण रुखका हाँगा तथा बिजुलीका तार खस्ने जोखिम रहेकाले सतर्क रहन आग्रह गर्नुभएको छ । स्थानीय अधिकारीहरूले थप क्षति हुन नदिन नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेका छन् ।












प्रतिकृया दिनुहोस