सुकुमबासीको दिगो बसोबास टुङ्गो नलाग्नु विडम्बनापूर्ण : पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौं, ११ मंसिर ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपत्यकाका सुकुमबासी बस्तीबाट हटाइएका वास्तविक सुकुमबासीको दिगो बसोबासको व्यवस्था हुन नसक्नु विडम्बनापूर्ण भएको बताउनुभएको छ ।
वैकल्पिक व्यवस्था नगरी सरकारले होल्डिङ सेन्टर छाड्न समयसीमा तोकेकोप्रति टिप्पणी गर्दै उहाँले सुकुमबासी समस्या न्यायपूर्ण र विधिसम्मत ढङ्गले समाधान गर्नुपर्ने बताउनुभएको हो ।
भट्टराईले ग्रामीण निर्वाहमुखी अर्थतन्त्र धराशायी भएपछि वैकल्पिक रोजगारीका लागि सहर पस्न बाध्य श्रमिकहरू नै मुख्य रूपमा आवासविहीन बन्ने गरेको उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार सुकुमबासीहरूले सहरमा सरसफाइ, घरेलु श्रम, हेरचाह सेवा तथा ढुवानीलगायत अत्यावश्यक क्षेत्रमा श्रम प्रदान गरेर अर्थतन्त्रमा योगदान पु¥याउँदै आएका छन् ।
सुकुमबासी समस्या शहरीकरणको ऐतिहासिक प्रक्रियासँग जोडिएको भन्दै उहाँले फोहोर व्यवस्थापन गरेजस्तो गरी मानिसलाई हटाएर समस्या समाधान नहुने बताउनुभएको छ । सहरभित्रै गरिब तथा श्रमिकलाई सम्मानजनक आवासको व्यवस्था गरी दिगो समाधान खोज्नु संविधान र समावेशी लोकतन्त्रको मर्म भएको उहाँको भनाइ छ । ०००००

...jpeg)









प्रतिकृया दिनुहोस