‘न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न न्यायालय प्रयासरत’

किमाथाङ्का (सङ्खुवासभा), ३० भदौ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायलयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताउनुभएको छ । सङ्खुवासभाको चैनपुरमा आज जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उहाँले विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायालयको अवधारणा अनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश श्रेष्ठले समयमै न्याय प्रदान गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभयो । न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको उहाँको भनाइ थियो । संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन् हुन नदिने प्रधानन्यायाधीश श्रेष्ठले उल्लेख गर्नुभयो । 
नवनिर्मित जिल्ला अदालतको भवनमा २७ कोठा रहेका छन् । उक्त भवन निर्माण गर्न २०७१ जेठमा सम्झौता भएको थियो । चार करोड ६१ लाख रुपैयाँको लागतमा सो भवन निर्माण गरिएको जिल्ला न्यायाधीश ध्रवराज त्रिपाठीले जानकारी दिनुभयो । ००००००
 

प्रतिकृया दिनुहोस