सप्तकोशी नदीमा जवरजस्ती पानी जहाज सञ्चालन

विर्तामोड, २१ असोज ।
सप्तकोशी नदीमा जवरजस्ती पानी जहाज सञ्चालन गरिएको छ ।
नदीमा बाढी आइरहेको अवस्थामा पानी जहाज सञ्चालन गरिएपछि यात्रुहरुको सुरक्षामा प्रस्न उठेको छ ।
सुनसरीको चतरादेखि उदयपुर, धनकुटा हुँदै भोजपुरको सिम्लेसम्म आजदेखि पानी जहाज सञ्चालनमा ल्याइएको हो ।
व्यवसायी नविन पौडेलले ५० सिट क्षमताको पानीजहाज सञ्चालनमा ल्याइएको बताउँनुभयो । भोजपुर हतुवागडीका रमेश थापाले कोशी नदीमा बाढीले ठुला ठुला रुखहरु बगाएर ल्याएको समयमा पानीजहाज सञ्चालन गर्दा दुर्घटना हुने र यात्रुहरु असुरक्षित हुने बताउनुभयो ।
नेपाली कांग्रेस बराहक्षेत्रका उपसभापति युवराज श्रेष्ठले कोशीमा पानी सङ्ग्लिएपछि सञ्चालन गर्दा उत्तम हुने सुझाव दिनुभयो । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले पानी जहाज सञ्चालनको विषयमा सम्बन्धित जिल्ला प्रशासनको क्षेत्राधिकार भित्र पर्ने भएकाले प्रहरीले केही गर्न नमिल्ने बताउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस