जनताको आवश्यकता पहिचान गरेर विकास निर्माणका योजना बनाउन कांग्रेस झापाका सभापति थेवेको आग्रह
विर्तामोड, ३० मङ्सिर ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जनताको आवश्यकता पहिचान गरेर विकास निर्माणका योजना बनाउन आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिको भेलालाई प्रमुख अतिथिको रुपमा आज सम्बोधन गर्दै सभापति थेवेले यसरी बनाइएका योजना कार्यान्वयनका लागि सम्बन्धित निकायमार्फत आफूले पहल गर्ने आश्वासन दिनुभएको हो ।
नेपाली कांग्रेसले गत असोज ७ गतेदेखि शुरु गरेको सयदिने विशेष सांगठनिक अभियान अन्तरगत झापाका अधिकांश वडाहरुको भेला सकेर गाउँ÷नगर भेला शुरु भएको हो । यसै अभियान अन्तरगत हल्दिबारीमा सम्पन्न गाउँभेलामा नेपाली कांग्रेस झापाका सचिव नवीन विमली, जिल्ला प्रतिनिधि एवं २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधि उर्मिला गौतम, क्षेत्र नम्बर–३ प्रदेश ख का सभापति तुलसीप्रसाद ओली, भुपाल बस्नेत लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
मन्तब्य राख्ने अधिकांश बक्ताहरुले सयदिने विशेष सांगठनिक अभियानले वडादेखि जिल्लातहसम्म भएका कमी–कमजोरी पहिचान गरेर संगठन मजबुत बनाउने अवसर प्रदान गरेको बताउनुभयो ।
नेपाली कांग्रेस हल्दिबारीका उपसभापति होम चुडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा खड्ग लावतीले स्वागत गर्नुभएको थियो भने सञ्चालन तारा ढुङ्गेलले गर्नुभएको थियो । ००००००
प्रतिकृया दिनुहोस