नेकपा एमाले राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी हो : अध्यक्ष ओली
विर्तामोड, ३० मङ्सिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले एमाले देश बनाउने पार्टी भएको बताउनु भएको छ ।
आज नेकपा एमालेको केन्द्रीय कार्यालय ललिपुरको च्यासलमा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।
नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउन बनेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको बताउनुुभयो ।
उहाँले देशमा सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पु¥याउनका लागि एमाले बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले केवल राजनीति गर्न जन्मेको होइन। समाजवाद र राष्ट्रवादको महान् उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको पार्टी हो । यसले सामाजिक परिस्थितिलाई उच्चतम् रुप दिन सुरुवात्देखि नै लाग्दै आएको छ ।’
प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग बाँच्न पाउनुपर्ने एमालेको मुख्य एजेण्डा रहेको बताउनु भयो । ००००००
प्रतिकृया दिनुहोस