थप हेलिकप्टर किन्न सिफारिस

विर्तामोड, १ कात्तिक ।

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको समयमा हुने खोज तथा उद्दारका लागि थप हेलिकप्टर चाहिने निष्कर्ष निकालेको छ ।
आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विपदका बेला खोज तथा उद्दारका लागि हेलिकप्टर अपुग भएको निष्कर्ष निकालेको हो ।
प्राधिकरणका सहसहचिव बसन्त अधिकारीका अनुसार थप हेलिकप्टर किन्न र खोज तथा उद्दारका लागि अत्यावश्यक सामग्री किन्न प्राधिकरणकै राष्ट्रिय परिषदलाई सिफारिस गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहने यो परिषदको बैठक भोलि शुक्रबारका लागि बोलाइएको छ ।
‘विपद खोज उद्दार कार्यलाई थप प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर चाहिएको हामीले महसुस ग¥यौं, त्यस्तै खोज तथा उद्दार कार्यमा चाहिने उपकरणको पनि व्यवस्थापन हुन राष्ट्रिय परिषदको बैठकलाई सिफारिस गर्ने निर्णय भएको छ’, अधिकारीले भन्नुभयो ।
यस्तै यस वर्ष मनसुन अवधि जेठ २८ देखि असोज २६ गतेसम्म विपदबाट मृत्यु भएकाहरुको परिवारका एक सदस्यको बीमा गर्न पनि सिफारिस गरेको छ । ०००००
 

प्रतिकृया दिनुहोस