संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू यथासक्य चाँडो गठन गर्ने तीन दलको सहमति 

विर्तामोड, १ कात्तिक ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग यथासक्य चाँडो गठन गरी संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पु¥याउन प्रमुख तीन दलहरू सहमत भएका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पु¥याउन कानूनबमोजिम दुवै आयोगहरूलाई यथासक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हो ।
बैठकले आयोग गठनका लागि पदाधिकारीहरूको छनोट गर्न सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को अब बस्ने बैठकले सर्च कमिटी गठन गर्नेछ ।
‘सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने सहमति भएको छ,’ बालुवाटार स्रोतले भन्यो ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल लगायत समेत बैठकमा सहभागी हुनुहुन्थ्यो ।
सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसअघि नै संसद्बाट पारित भइसकेको छ । उक्त विधेयक गत भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस