कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु 

विर्तामोड, ३ कात्तिक ।

झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाको कमल गाउँपालिका– ५ स्थित रवि पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ३४३५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका– ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले बसमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।
घटनापछि मृतकको शव सडकमै राखेर स्थानीयले विरोध जनाएका थिए, जसका कारण पूर्व पश्चिम राजमार्ग केहीबेर अवरुद्ध भएको थियो । ०००००

प्रतिकृया दिनुहोस