नेकपा एमालेले पार्टी निर्णयविरुद्ध उभिएपछि रावल, पाण्डे र तिम्सिनालाई सोध्यो स्पष्टीकरण 

काठमाडौं, ४ कात्तिक । 

नेकपा एमालेले पार्टीको भवन निर्माणको विषयमा पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 
सचिवालयको आजको बैठकले पूर्व उपाध्यक्ष भिम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
एमाले महासचिव शंकर पोखरेललले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो । उहाँहरुले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने कुरा गलत भएको भन्दै अभिव्यक्ति दिनुभएको थियो । रावलले त अन्य अन्य विषयमहरूमा पनि यसअघि देखि नै बोल्दै आएको महासचिव पोखरेलले बताउनुभयो ।
‘केन्द्रीय कार्यालयको भनव निर्माणको बहसमा पार्टी निर्णयको विरुद्धमा जाने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । पार्टीको नीतिसँग असहमत भइ विचार प्रकट गर्ने पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय छ’, महासचिव पोखरेलले बैठकपछि भन्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस