चीनमा एक जना पत्रकारलाई सात वर्षको जेल सजाय

विर्तामोड, १४ मङ्सिर ।
चीनको एउटा अदालतले जासुसीको आरोपमा एक जना पत्रकारलाई सात वर्षको जेल सजाय सुनाएको छ । सरकारी मिडियामा काम गरिसकेका ६२ वर्षीय दोङ्ग युयुलाई जासुसीको आरोपमा जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।
पत्रकार युयुलाई प्रहरीले सन् २०२२ मा हिरासतमा राखेको थियो । उनले प्रायः अमेरिका र जापानका पत्रकारहरूसँग कुराकानी गर्ने गरेको र कहिलेकाहीँ विदेशी कुटनीतिज्ञहरूसँग पनि भेट्ने गरेको खबरमा उल्लेख छ ।
दोङ्ग युयु हिरासतमा जानुअघि ‘गुआङ्गमिङ्ग डेली’ मा वरिष्ठ पत्रकारका रूपमा कार्यरत थिए । यो अखबार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सँग सम्बन्धित पाँच प्रमुख पत्रिकामा समावेश छ ।
सन् २०२२ को फेब्रुअरीमा शीतकालीन ओलम्पिक समाप्त भएको भोलिपल्ट उनी एउटा रेस्टुरेन्टबाट पक्राउ परेका थिए, त्यो रेस्टुरेन्टमा उनी प्रायः आफ्ना विदेशी साथीहरूलाई भेट्ने गर्दथे । बेइजिङमा जापानी कुटनीतिज्ञसँग खाना खाइरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो । ०००००
 

प्रतिकृया दिनुहोस