टिकटकले गरेको अपिल अमेरिकाको संघीय अदालतबाट खारेज
विर्तामोड, २२ मङ्सिर ।
अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने वा अमेरिकी कम्पनीलाई बिक्री गर्नेसम्बन्धी अमेरिकी कानूनविरुद्ध सामाजिक सञ्जाल टिकटकले गरेको अपिल संघीय अदालतले खारेज गरेको छ ।
भिडियो एप्लिकेसन टिकटकको सञ्चालक कम्पनी बाइटडान्सले अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भन्दै अमेरिकी कानूनको विरुद्ध अमेरिकाको संघीय अदालतमा अपिल गरेको थियो । तर, अदालतले टिकटकको अपिल अस्वीकार गरेको बीबीसीले जनाएको छ ।
अब चिनिया कम्पनीले अर्को वर्ष भित्र टिकटकसम्बन्धी अमेरिकामा हुने कामको अधिकार अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्छ । नत्र अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउन सक्छ । टिकटकले अब सर्वोच्च अदालतमा याचिका दायर गर्ने बताएको छ ।
टिकटकको मालिक चिनियाँ सरकारसँग जोडिएको हुनाले अमेरिकाले टिकटकबाट अमेरिकी नागरिकको सूचना चोरी हुन सक्ने आशँका गरेको छ । तर, बाइटडान्सले यो आरोपलाई अस्वीकार गर्दै आएको छ । चर्चासँग विवादमासमेत परिरहने टिकटक भारतमा पनि प्रतिबन्धित छ । ०००००
प्रतिकृया दिनुहोस