रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति
बिर्तामोड, २७ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा ५७ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप पाँच दिन अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलाशले लामिछानेलाई सातौं पटक हिरासतमा राख्ने म्याद थप गरेको हो ।
लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेकाले अब मुद्दा दर्ता गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि शुरूमा ६ दिन, त्यसपछि सात दिन, १० दिन, १३ दिन, १५ दिन र चार दिन म्याद थप गरेर अनुसन्धानपछि यस पटक पाँच दिन म्याद थप भएको हो ।
पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चितवन, पर्सा, काठमाण्डौ, रुपन्देही र पर्सामा सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएकोमा सबै जिल्लामा बयान सकिएको छ । ०००००००००
प्रतिकृया दिनुहोस