नेपाल आयल निगम झन्डै १० अर्ब रुपैयाँ नाफामा
![](https://radiovision.com.np/uploads/news/images/2011024368HRB-KTM-261000132537copy.jpeg)
काठमाडौं, २६ पुस ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम झन्डै १० अर्ब रुपैयाँ नाफामा रहेको बताउनुभएको छ ।
नेपाल आयल निगम लिमिटेडको ५५औं वार्षिकोत्सवको अवसरमा आज भएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले समयमा नै अन्तिम लेखापरीक्षण कार्य सम्पन्न गरिएको र झन्डै १० अर्ब रुपैयाँ नाफामा रहेको बताउनुभयो । उहाँले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ हुँदै गएको उल्लेख गर्नुभयो ।
२०७१ सालदेखि निगमले इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निगम तेल बेचेर रमाइरहने दिन धेरै नरहेको बताउनुभएको छ । अबका दिनमा नयाँ विकल्प नखोज्ने हो निगम टिकिरहन नसक्ने उहाँको भनाइ छ । ०००००
प्रतिकृया दिनुहोस