सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने सञ्चारमन्त्री गुरुङको चेतावनी
काठमाडौँ, २३ माघ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताउनुभएको छ ।
काठमाण्डौमा आज एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेपालमा दर्ता नभएका कुनै पनि सामाजिक सञ्जाल चल्न नदिने चेतावनी दिनुभएको हो । उहाँले दर्ता हुन आउन मेटा कम्पनीलाई पनि बोलाएको तर नआइरहेको बताउनुभयो । अब पनि नआए फेसबुक, इन्स्टाग्राम लगायत बन्द नै गर्ने उहाँको भनाइ छ ।
अहिले दर्तासहित सम्पर्क विन्दु तोकेको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको भन्दै मन्त्री गुरुङले अरू सामाजिक सञ्जालका लागि पनि उस्तै व्यवस्था रहेको उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको पनि दाबी गर्नुभयो । मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै उहाँले सामाजिक सञ्जाल नियन्त्रण आवश्यक रहेको बताउनुभयो । ०००००
प्रतिकृया दिनुहोस