चालू आर्थिक वर्षको ६ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक

विर्तामोड, २६ माघ ।
चालू आर्थिक वर्षको ६ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार अहिलेसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत मात्रै छ ।
कुल दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका प्रदेश सरकारले गएको पुस मसान्तसम्ममा ४५ अर्ब नौ करोड ३८ लाख रुपैयाँ बराबर मात्रै खर्च गरेका हुन् । सबैभन्दा कमजोर देखिएको मधेस प्रदेशको बजेट खर्च पाँच दशमलव ६१ प्रतिशत मात्रै भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशले १४ दशमलव ८२ प्रतिशत, कर्णाली प्रदेशले १५ दशमलव १४ प्रतिशत र कर्णाली प्रदेशले १५ दशमलव १२ प्रतिशत खर्च गरेको छ । लुम्बिनी र गण्डकी प्रदेशले ६ महिनामा कुल बजेटको समान् १९ दशमलव ३६ प्रतिशत खर्च गरेका छन् ।
सबैभन्दा ठूलो आकारको बजेट ल्याएको बागमती प्रदेशले १६ दशमलव २७ प्रतिशत खर्च गरेको छ । कोशी प्रदेशको बजेट खर्च तुलनात्मक रूपमा सबैभन्दा राम्रो देखिएको छ । पुस मसान्तसम्ममा कोशी प्रदेशले २४ दशमलव ८५ प्रतिशत बजेट खर्च गरेको छ ।
मधेस र लुम्बिनीबाहेक सबै प्रदेशले चालू आर्थिक बर्षका लागि वित्तीय व्यवस्था शीर्षकमा बजेट ल्याएका थिए । तर, कुनै पनि प्रदेशले यो शीर्षकको बजेट खर्च गर्न सकेका छैनन् । वित्तीय व्यवस्था शीर्षकको सबै प्रदेशको बजेट खर्च शून्य छ । ०००००
प्रतिकृया दिनुहोस