पेरुका पूर्वराष्ट्रपति हुमाला दम्पतीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा १५ वर्ष जेल सजाय 

काठमाडौँ, ३ वैशाख ।
पेरुको एक अदालतले पूर्वराष्ट्रपति ओलान्टा हुमालालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गर्दै १५ वर्षको जेल सजाय सुनाएको छ ।
पूर्वराष्ट्रपति हुमालाले सन् २००६ र २०११ मा आफ्नो चुनावी अभियानका लागि ब्राजिलियन निर्माण कम्पनी ओडेब्रेक्टबाट अवैध रूपमा रकम स्वीकार गर्नुभएको लिमाको राजधानीमा रहेको अदालतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अदालतले हुमालाकी पत्नी नादिन हेरेडियालाई पनि १५ वर्षको जेल सजाय सुनाएको छ ।
६२ वर्षीय हेरेडियालाई ब्राजिलले शरण दिएको र त्यहाँ उहाँलाई छोरासँग यात्रा गर्न सुरक्षित हुने पेरुको विदेश मन्त्रालयले जनाएको छ । अभियोजकहरूले हुमालालाई २० वर्ष र हेरेडियालाई साढे २६ वर्षको जेल सजाय माग गरेका थिए ।
तीन वर्षभन्दा बढी समयसम्म चलेको मुद्दाको सुनुवाइपछि अदालतले मङ्गलवार लामो समयदेखि प्रतिक्षा गरिएको फैसला सुनाएको हो । हुमाला सन् २०११ देखि २०१६ सम्म पेरुको राष्ट्रपति रहनुभएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस