डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन बक्यौता रहेका उद्योगीहरूलाई जेठ मसान्तभित्र प्रशासकीय पुनरावेदनमा आउन आग्रह

काठमाडौँ, २७ वैशाख ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन बक्यौता रहेका उद्योगीहरूलाई जेठ मसान्तभित्र प्रशासकीय पुनरावेदनमा आउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा विद्युत सेवा लिएका तर बक्यौता रहेका ग्राहकले बिल रकमको ५ प्रतिशत बराबरको नगद वा त्यति नै मूल्य बराबरको एक वर्षे ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटीका रूपमा बुझाएर पुनरावेदन गर्न सक्ने व्यवस्था गरिएको छ ।
सञ्चालक समितिको निर्णयपछि धरौटीको प्रतिशत ५ मा झारेर पुनरावेदन प्रक्रिया सहज बनाइएको प्राधिकरणले जनाएको छ । डेडिकेटेड र ट्रङ्कलाइनको विषयमा उद्योगी र प्राधिकरणबीच लामो समयदेखि विवाद छ । ००००००
प्रतिकृया दिनुहोस