‘पत्रकारितामा नयाँ प्रविधि’ बारे तालिम हुँदै

बिर्तामोड, २७ वैशाख ।
नारी सञ्चार गृह झापाको आयोजनामा ‘पत्रकारितामा नयाँ प्रविधि’ बिषयक दुई दिने तालिम सञ्चालन भइरहेको छ । आजबाट बिर्तामोडको चारपानेमा तालिम शुरु भएको हो । 
गृहका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईले गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रसाई र सहारा नेपाल साकोसका कार्यकारी प्रमुख तथा कार्यक्रमका बिशेष अतिथि महेन्द्रकुमार गिरीले शुभकामना मन्तव्य राख्नुभयो । 
तालिमको सहजीकरण प्रशिक्षक भानुभक्त आचार्यले गरिरहनुभएको छ । उहाँले बढ्दो एआई र त्यसको प्रभावका बिषयमा प्रशिक्षण दिनुहुनेछ । तालिममा झापाका ३५  वढी सञ्चारकर्मीको सहभागिता रहेको छ । तालिम भोलि आइतवार समापन हुनेछ । 
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको नारी सञ्चार गृह झापाका सदस्य दीपा सापकोटा पोखरेलले जानकारी दिनुभयो । ०००००

प्रतिकृया दिनुहोस