दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यानको कसूरमा मुद्दा दायर  

बिर्तामोड, ११ जेठ ।
काठमाण्डौको तीनकुनेमा चैत १५ गते भएको घटनाका आरोपीविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौले आज ६२ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो । रवीन्द्र मिश्र, धवलशमशेर राणा, दुर्गा प्रसाईंसहितका ६२ जनालाई प्रतिवादी बनाइएको मुद्दा दर्ताको प्रक्रियामा रहेको छ । बाँकी तीन नाबालक प्रतिवादीविरुद्ध भोलि मुद्दा दायर हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।
६२ मध्ये ३० जनालाई आपराधिक उपद्रव र सङ्गठित अपराधको कसूरको मुद्दा छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यानको कसूरमा मुद्दा दायर गरिएको सरकारी वकील कार्यालयका प्रमुख रामहरि शर्माले बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध राजद्रोहमा मुद्दा दर्ता हुने भएको छ ।  ००००००

प्रतिकृया दिनुहोस