झापाको गौरीगञ्जकाा वडासचिव १० हजार घुससहित पक्राउ
विर्तामोड, १२ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडासचिव अजयकुमार साहलाई १० हजार घुससहित पक्राउ गरेको छ । आयोगले सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिइ घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको हो ।
आयोगले सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक स्थानीय होटलबाट हिजो सोमबार नियन्त्रणमा लिएको हो । आयोगले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । ०००००

.jpeg)









प्रतिकृया दिनुहोस