विश्वकप लिग–२ मा नेपाल संकटमा, लगातार तेस्रो हारपछि शीर्ष ४ मा पुग्ने सम्भावना समाप्त
विर्तामोड, १२ साउन ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार तीन खेल गुमाएपछि नेपालको शीर्ष चारमा रहेर सिधै विश्वकप क्वालिफायर खेल्ने सम्भावना समाप्त भएको छ ।
नेदरल्याण्ड्स भ्रमणमा शतप्रतिशत जितको लक्ष्यसहित पुगेको नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग स्पष्ट हार बेहोरेको थियो भने तेस्रो खेलमा नामिबियासँग ३ रनले पराजित भएको हो । ३२ खेलबाट ११ जितसहित नेपाल अंकतालिकाको छैटौं स्थानमा झरेको छ ।
लिग–२ मा शीर्ष चारमा नअटाए पनि नेपालका लागि विश्वकप क्वालिफायर प्लेअफमार्फत एकदिवसीय मान्यता जोगाउने अवसर अझै बाँकी छ । नेपालले अब नेदरल्याण्ड्ससँग एक खेल तथा त्यसपछि ओमान र क्यानडाविरुद्धका श्रृंखला खेल्न बाँकी छ । ती खेलमा राम्रो नतिजा निकालेर तल्लो चारभित्र रहे प्लेअफ खेल्न सक्नेछ ।
प्लेअफमा शीर्ष ४ मा परे नेपालले एकदिवसीय मान्यता सुरक्षित राख्दै विश्वकप क्वालिफायरमा स्थान बनाउन सक्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले पनि एकदिवसीय मान्यता जोगाउनु नेपाली क्रिकेटको भविष्यका लागि अत्यन्त महत्वपूर्ण रहेको जनाएको छ । ०००००












प्रतिकृया दिनुहोस