Close This

गत आर्थिक वर्षमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार

काठमाडौँ, ३० भदौ ।
गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा भने तीन खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आर्थिक वर्ष २०८१/८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा भने घरजग्गाको कारोबार सङ्ख्या एक दशमलव ८४ प्रतिशतले घटेको थियो । ०००००
 

प्रतिकृया दिनुहोस