पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा

भोजपुर, २२ असोज ।
भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिनुभएको छ । आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको उहाँले बताउनुभयो ।
यसैगरी, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिनुभएको छ । उहाँलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो । ०००००
 

प्रतिकृया दिनुहोस