अष्ट्रेलियाका अलराउन्डर बोसिस्टो काठमाण्डु गोर्खाजबाट खेल्दै
काठमाडौँ, २४ असोज ।
अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग क्रिकेटको तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्नुहुने भएको छ ।
काठमाण्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । उहाँले यसअघिका दुई संस्करणमा कर्णाली याक्सबाट खेल्नुभएको थियो । तेस्रो संस्करणमा भने नयाँ टोलीबाट मैदान उत्रनुहुनेछ ।
काठमाण्डु गोर्खाजले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नर, श्रीलङ्काका सहान अराचिङ्गे र भारतका केएस भरतलाई पनि टोलीमा समेटिसकेको छ ।
३३ वर्षीय बोसिस्टो ब्याटिङसँगै अफब्रेक बलिङ गर्न सक्ने खेलाडी हुनुहुन्छ । उहाँले सन् २०१२ मा अष्ट्रेलियाको १९ वर्षमुनिको राष्ट्रिय टोलीको कप्तानी गर्नुभएको थियो । सोही वर्ष उहाँले १९ वर्षमुनिको विश्वकपसमेत खेल्नुभएको थियो ।
बोसिस्टोले अष्ट्रेलियाको घरेलु क्रिकेटमा प्रथम श्रेणी, लिस्ट ए र ट्वान्टी–२० प्रतियोगिता खेल्नुभएको छ । उहाँले प्रथम श्रेणी क्रिकेटका २८ खेलमा एक हजार एक सयभन्दा बढी रन बनाउनाका साथै अफब्रेक बलिङबाट १७ विकेट लिनुभएको छ । ०००००








-1758972041.jpeg)

प्रतिकृया दिनुहोस