बुढीगण्डकी नदीमा एक्कासि बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
बिर्तामोड, २५ असोज ।
बुढीगण्डकी नदीमा एक्कासि बाढी आएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएपछि अचानक बाढी आउँदा बुढीगण्डकी नदीको बहाव बढेको हो ।
स्थानीय बासिन्दाका अनुसार आज बिहान ४ बजेदेखि उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएको थियो । त्यसलगत्तै केही स्थानीय बासिन्दा र पर्यटक सुरक्षित स्थानमा पुगेका छन् ।
चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने खोलामा ठूलो आवाजसहित पानी बगिरहेको स्थानीयले बताएका छन् । खोला केहीबेर रोकिने र फेरि बग्ने गरेको उनीहरूको भनाइ छ ।
खोला सुक्खा पहिरोका कारण थुनिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। तर, उक्त क्षेत्रमा वर्षा नभएको जनाइएको छ । उग्युलुङ र स्यार खोला बुढीगण्डकी नदीका सहायक खोला हुन् ।




-(1).jpeg)


-1758972041.jpeg)


प्रतिकृया दिनुहोस