विश्वकप क्रिकेट लिग–२ को शीर्ष चारबाट नेपाल बाहिरियो

बिर्तामोड, २४ असोज । 

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ को शीर्ष चारमा पर्न नसक्ने निश्चित भएको छ। बिहीबार भएको खेलमा ओमानले क्यानडालाई पराजित गरेसँगै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको हो । यससँगै नेपालले अब सिधै विश्वकप छनोट खेल्न पाउने छैन। नेपालले विश्वकप छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ । क्यानडालाई हराएपछि ओमानले २९ खेलबाट ३३ अंक जोडेको छ । नेपालले भने ३२ खेलबाट २४ अंक मात्रै प्राप्त गरेको छ । नेपालले बाँकी सबै खेल जिते पनि अधिकतम ३२ अंकसम्म मात्रै पुग्न सक्ने भएकाले शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको हो ।
लिग–२ को तालिकामा अमेरिका ३४ खेलबाट ४७ अंक जोड्दै च्याम्पियन बनिसकेको छ । स्कटल्यान्ड ३६ खेलबाट ४५ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा छन् ।


 

प्रतिकृया दिनुहोस