कांग्रेस महाधिवेशनको मतगणना जारी
बिर्तामोड, २५ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा उपसभापति र महामन्त्री पदको मतगणना भइरहँदा उपसभापतिको खुला समूहमा चन्द्रकान्त भण्डारी र समावेशी समूहमा विनोदकुमार चौधरीले अग्रता लिनुभएको छ ।
पछिल्लो विवरणअनुसार ८७५ मत गणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले ४७१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई मधु आचार्यले २६१ र गोविन्द भट्टराईले २०६ मतसहित पछ्याइरहनुभएको छ ।
उपसभापतिको समावेशी समूहमा विनोदकुमार चौधरीले २६३ मत प्राप्त गर्नुभएको छ जीवन परियारले २०५, फरमुल्लाह मन्सुरले १२७, सीता गुरुङले १०७ र रञ्जित कर्णले ७५ मत प्राप्त गर्नुभएको छ ।
महामन्त्रीको खुला समूहमा प्रदीप पौडेल ४९३ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । अमरसिंह पुन मगरले ३४२ र उदयशमशेर राणाले २७० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, डा. सुनिलकुमार शर्माले २२८, गुरुराज घिमिरेले १३७ र नैनसिंह महरले ९६ मत पाउनुभएको छ ।
महामन्त्रीको महिला समूहमा डिला संग्रौला पन्तले ३९७ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ । महालक्ष्मी उपाध्याय डिनाले ३५३ र रीता खनालले १०३ मत प्राप्त गर्नुभएको छ ।






-1758972041.jpeg)


प्रतिकृया दिनुहोस