पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ, २५ असोज ।
नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ । नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ । 
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शक्तिपीठ परिसरमा भक्तहरूको भीड लागेको छ भने पाथीभरा क्षेत्र र फेदीका होटलमा पनि तीर्थयात्रीको चहलपहल बढेको छ । 
कञ्चनजङ्घा, मकालु र फक्ताङलुङ लगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न तथा पाथीभरा माताको दर्शन गर्न आएकाहरूले प्रायः सबै होटल भरिएका स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताउनुभयो ।
नवरात्रमा तीर्थयात्रीको आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयले समितिसहित सम्बन्धित निकायसँगको समन्वयमा आवश्यक प्रबन्ध गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस