प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ आज

बिर्तामोड, २६ असोज । 
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ आज (सोमबार) हुने भएको छ । बिहान ९ः१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा सुनुवाइ हुने भएको हो ।
समितिले असोज २३ गते सूचना प्रकाशित गरेर समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरू विरुद्ध परेका उजुरीमाथि आज छलफल गर्ने सूची तय गरेको थियो ।आज बस्ने बैठकमा प्रस्तावित राजदूतहरू विरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ ।
सरकारले यस पटक भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जबरालाई राजदूतमा प्रस्तावित गरेको छ । 

प्रतिकृया दिनुहोस