सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमा रास्वपाको अनुशासन आयोगद्वारा छानबिन सुरु
काठमाडौँ, २७ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारसँग जोडिएको अडियो प्रकरणमा छानबिन सुरु गरेको छ ।
पार्टी महामन्त्री विपिनकुमार आचार्यले आज विज्ञप्ति जारी गर्दै सुनारमाथि लागेको आरोप गम्भीर रहेको बताउनुभएको छ ।
आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार मंगलबार बिहानदेखि नै घटनासँग सम्बन्धित प्रमाण सङ्कलनको काम सुरु गरिएको छ । आयोगले सांसद सुनारसँगै अडियोमा नाम जोडिएकी महिलासँग पनि भेटेर कुराकानी गर्ने तयारी गरेको छ ।
भट्टराईले अडियोमा सुनिएका विषय गम्भीर प्रकृतिका रहेकाले तथ्य र प्रमाणको सत्यापनपछि छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो । आरोप लागेका व्यक्तिलाई आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने भएकाले सुनारसँग पनि कुराकानी गरिने उहाँको भनाइ छ । सुनार अहिले काठमाडौँबाहिर रहनुभएको छ ।
सोमबार सार्वजनिक भएको अडियोमा सांसद सुनारले एक महिलालाई अश्लील गालीगलौज गरेको र धम्की दिएको आरोप लगाइएको छ ।
यस विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले पनि गम्भीर रूपमा लिएको जनाएको छ । पार्टीका सचेतक प्रकाशचन्द्र परियारले अडियोमा सुनिएको आवाज सांसद सुनारकै भएको प्रमाणित भएमा पार्टीले कुनै व्यक्तिको गलत गतिविधिको संरक्षण नगर्ने बताउनुभएको छ ।
यसअघि पार्टीले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो । ०००००


.jpeg)




-1758972041.jpeg)


प्रतिकृया दिनुहोस