नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथग्रहण आज
बिर्तामोड, ३१ असोज ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शपथग्रहणसँगै पदबहाली गर्नुहुने भएको छ । दसैँको फूलपातीका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ ।
१५औँ महाधिवेशनको मतगणना सम्पन्न भई सभापतिमा निर्वाचित हुनुभएका थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो । समारोहमा सहभागी हुन उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ ।
कांग्रेसले केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण भने दसैँपछि गर्ने जनाएको छ । महाधिवेशनबाट कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।









प्रतिकृया दिनुहोस