नेपाल टेलिकम एनपिएलको आधिकारिक साझेदार बन्ने 

काठमाडौँ, १ कात्तिक । 
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग क्रिकेटको तेस्रो संस्करणमा आधिकारिक साझेदारका रूपमा सहकार्य गर्ने भएको छ ।
यससम्बन्धी सम्झौतापत्रमा आज नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपालका महाप्रबन्धक उत्सव ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा कम्पनीले विगतदेखि नै सहयोग गर्दै आएको स्मरण गर्नुभयो । उहाँले यो सहकार्यले नेपालमा क्रिकेटको संस्थागत विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना गरिनेछ ।
नेपालमा क्रिकेटप्रतिको आकर्षण बढिरहेका बेला नेपाल टेलिकमको सहकार्यले प्रतियोगिताको प्रवद्र्धन तथा क्रिकेटको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस