नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी, १ कात्तिक ।
इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् । 
उक्त टोलको हनुमान् मन्दिरनजिक बुलबुल यादवको घरमा आज खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले बताउनुभयो ।
इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । ०००००
 

प्रतिकृया दिनुहोस