अमेरिकाभरि ‘नो किंग्स’ प्रदर्शनबाट मतदानमा सहभागी हुन आह्वान

Michigan Republican Senatorial candidate Mike Rogers holds a dog at his new campaign office in Detroit, Michigan on October 17, 2026. The former congressman hopes to become the first Republican to win a Senate seat in Michigan in 32 years. (Photo by JEFF

अमेरिका, १ कात्तिक । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिविरुद्ध अमेरिकाभरि आयोजित ‘नो किंग्स’ प्रदर्शनमा सहभागीहरूले आगामी मध्यावधि निर्वाचनमा मतदान गर्न नागरिकलाई आह्वान गरेका छन् ।
नोभेम्बर ३ मा हुने निर्वाचनअघि मतदाता दर्ता, प्रारम्भिक मतदान र मतदान केन्द्र पहिचान गर्नेसम्बन्धी सचेतना फैलाइएको हो । ट्रम्प पुनः सत्तामा फर्किएपछि चौथोपटक आयोजित यो प्रदर्शनअन्तर्गत अमेरिकाभरि करिब तीन हजार कार्यक्रम भएका थिए ।
राजधानी वासिङ्टनदेखि न्युयोर्क, लस एन्जलस र साना सहरसम्म प्रदर्शनकारीहरू भेला भएका थिए । जुलुस, सङ्गीत कार्यक्रम र सवारीसाधनको हर्न बजाएरसमेत विरोध जनाइएको थियो ।
प्रदर्शनकारीहरूले लोकतान्त्रिक अधिकारको रक्षा र सरकारका नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै मतदानलाई परिवर्तनको महत्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गरेका छन् ।
आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीले कङ्ग्रेसमा नियन्त्रण स्थापित गर्ने लक्ष्य राखेको छ । जीवनयापनको बढ्दो लागत र मध्यपूर्वको युद्धसमेत चुनावी मुद्दा बनेका छन् ।
राष्ट्रपति ट्रम्पले हुलाकमार्फत हुने मतदानको आलोचना गर्दै आउनुभएको छ । विपक्षीहरूले भने रिपब्लिकन उम्मेदवार पराजित भए निर्वाचन परिणाम कमजोर पार्ने प्रयास हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । आयोजकहरूले सम्भावित अनियमितताको जोखिम घटाउन समयमै मतदान गर्न आग्रह गरेका छन् । 
फ्लोरिडा, जर्जिया, मिसौरी, टेक्सास र क्यालिफोर्निया लगायत राज्यमा पनि प्रदर्शन भएका थिए । प्रदर्शनकारीहरूले भ्रष्टाचार, युद्धसम्बन्धी विवाद र लोकतन्त्रको संरक्षणका विषय उठाएका थिए । ०००००
 

प्रतिकृया दिनुहोस