आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि
बिर्तामोड, ७ कार्तिक ।
मोफसलको चर्चित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औँ संस्करण आगामी माघको दोस्रो सातादेखि आयोजना हुने भएको छ । प्रतियोगिता आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
हिमश्री फुड्सको मुख्य प्रायोजन तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा हुने प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, विभागीय टोली, नेपाल सुपर लिगका टोली, विदेशी तथा मोफसलका क्लब सहभागी हुनेछन् । आयोजक सहारा क्लबको टोलीले पनि प्रतिस्पर्धा गर्नेछ ।
क्लबका अध्यक्ष केशवराज बरालका अनुसार प्रतियोगिताको तयारी सुरु भइसकेको छ । सहभागी टोलीको छनोटका लागि छुट्टै सम्पर्क समिति गठन गरिने उहाँले बताउनुभयो । प्रतियोगिताको मूल आयोजक समिति भने गठन हुन बाँकी रहेको छ ।
प्रतियोगिताको २२औँ संस्करणको उपाधि सङ्कटा क्लबले जितेको थियो । अमेरिकाको मिनेसोटास्थित भुटनिज स्पोट्र्स क्लब उपविजेता बनेको थियो। उक्त संस्करणमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।
गत संस्करणमा प्रतियोगिताबाट तीन लाख १८ हजार रुपैयाँ बचत भएको थियो । आयोजकका अनुसार ९४ लाख ६५ हजार रुपैयाँभन्दा बढी आम्दानी हुँदा ९१ लाख ४६ हजार रुपैयाँभन्दा बढी खर्च भएको थियो ।





-1791531287.jpeg)





प्रतिकृया दिनुहोस