‘रिलायन्स जियो प्लेटफम्र्स’ भारतको दोस्रो सबैभन्दा मूल्यवान् कम्पनी बन्यो
मुम्बई, ११ कात्तिक ।
दूरसञ्चार तथा प्रविधि क्षेत्रको अग्रणी कम्पनी ‘रिलायन्स जियो प्लेटफम्र्स’ भारतको दोस्रो सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ ।
अर्बपति मुकेश अम्बानीको ‘जियो’ को शेयर आज मुम्बईको शेयर बजारमा पहिलो पटक कारोबार हुँदा २१ प्रतिशतले बढेको छ । योसँगै कम्पनीको बजार पूँजीकरण १ खर्ब ३१ अर्ब ५० करोड अमेरिकी डलर अर्थात् २०० खर्ब ३५ अर्ब रुपैयाँभन्दा पुगेको छ ।
प्रतिकित्ता १ हजार ११९ भारु निष्कासन मूल्य रहेको जियोको शेयर बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा १ हजार ३५८ भारुमा सूचीकृत भएको हो ।
५३ करोडभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गरिरहेको जियोको दूरसञ्चार व्यवसायमा मेटा प्लेटफम्र्स र अल्फाबेट अन्तर्गतको गुगलको लगानी रहेको छ । एकल देशका ग्राहकको सङ्ख्याका आधारमा चाइना मोबाइलपछि जियो दोस्रो स्थानमा आउँछ ।
भारतको सबैभन्दा मूल्यवान् कम्पनी ‘रिलायन्स इन्डस्ट्रिज’ हो । ‘रिलायन्स इन्डस्ट्रिज’ को बजार पूँजीकरण १ खर्ब ६९ अर्ब ३७ करोड डलर रहेको छ । ०००००









-1791531287.jpeg)
-(1).jpeg)

प्रतिकृया दिनुहोस