१९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा 

विर्तामोड, १५ कात्तिक ।
आउँदो बिहीवारदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । सो समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स छन् । समूह ‘बी’ मा भने अफगानिस्तान, बङ्गलादेश, मलेसिया र श्रीलङ्का रहेका छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्नेछ । कात्तिक २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले समूह चरणमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीमा कप्तान विपिनकुमार शर्मासहित निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यांशु कोइराला, अभय यादव, सुशीलबहादुर रावल, नितेशकुमार पटेल, शुभम् खनाल र सचिन भट्ट रहेका छन् । ०००००
 

प्रतिकृया दिनुहोस