भारतीय विदेशसचिव मिश्री आज काठमाडौं आउँदै

बिर्तामोड, १८कार्तिक । 
भारतीय विदेशसचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आउँदै हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंसिर ६ देखि ८ गतेसम्म हुने भारत भ्रमणको तयारीका लागि उहाँ नेपाल आउन लाग्नुभएको हो ।
परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा आउन लाग्नुभएका मिश्रीले आजै आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । वार्तामा प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी र भ्रमणका क्रममा उठाइने एजेन्डाबारे छलफल हुने बताइएको छ ।
भ्रमणका क्रममा भारतीय विदेशसचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतले जनाएको छ ।
उहाँले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललगायतसँग पनि भेटवार्ता गर्नुहुनेछ । विपक्षी दलका नेताहरूसँग भने उहाँको भेटवार्ता तय भएको छैन ।
यसैबीच, नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला हिजो काठमाडौं आइपुग्नुभएको छ । विदेशसचिव मिश्रीको भ्रमणलाई प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणअघि दुई देशबीच उच्चस्तरीय संवाद र तयारी अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।


 

प्रतिकृया दिनुहोस