दक्षिण कोरियामा रोजगारी वृद्धि एक लाखभन्दा माथि, युवाको रोजगारीमा गिरावट जारी

दक्षिण कोरिया, २५ कात्तिक ।
दक्षिण कोरियामा लगातार चौथो महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि कायम रहे पनि युवाको रोजगारीमा भने निरन्तर गिरावट आएको छ ।
दक्षिण कोरियाको तथ्याङ्क तथा तथ्यांक मन्त्रालयका अनुसार अक्टोबरमा रोजगारीमा रहेका व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा एक लाख ३९ हजारले बढेर दुई करोड ९१ लाख ७९ हजार पुगेको छ । यो शून्य दशमलव पाँच प्रतिशतको वृद्धि हो ।
स्वास्थ्य तथा सामाजिक कल्याण क्षेत्रमा दुई लाख ४९ हजार र यातायात तथा भण्डारण क्षेत्रमा ४८ हजार रोजगारी थपिएका छन् । तर होटल तथा रेस्टुरेन्ट क्षेत्रमा एक लाख ३७ हजार, निर्माण क्षेत्रमा ४२ हजार र उत्पादनमूलक उद्योगमा सात हजार रोजगारी घटेको छ । निर्माण क्षेत्रमा लगातार ३० महिनादेखि रोजगारी घटिरहेको छ ।
यता, १५ देखि २९ वर्ष उमेर समूहका युवाको रोजगारी भने अक्टोबरमा एक लाख ९६ हजारले घटेको छ । युवाको रोजगारी घट्ने क्रम लगातार ४८ महिनादेखि जारी छ ।
यसैबीच, बेरोजगारको संख्या छ लाख दुई हजार पुगेको छ भने बेरोजगारी दर दुई प्रतिशत कायम भएको छ । आर्थिक रूपमा निष्क्रिय जनसंख्या पनि एक लाख ७९ हजारले बढेर एक करोड ६२ लाख ९९ हजार पुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ । ०००००
 

प्रतिकृया दिनुहोस