पर्वतारोहणबाट ३३ करोड ४२ लाख रुपैयाँ आम्दानी
काठमाडौँ, ४ मङ्सिर ।
सरकारले चालु आर्थिक वर्षमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ र मकालु आरोहण गर्ने तीन आरोहीबाट ६ लाख ८८ हजार ५० रुपैयाँ राजस्व प्राप्त भएको हो ।
यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट ७९ लाख ७४ हजार २० रुपैयाँ र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन् । ०००००











प्रतिकृया दिनुहोस