चीन भ्रमणमा रहेका रास्वपा सांसदहरूको विवादास्पद संवाद सार्वजनिक
विर्तामोड, ५ मंसिर ।
चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच भएको विवादास्पद राजनीतिक संवाद सार्वजनिक भएको छ ।
चीनको प्रविधि प्रदर्शनीमा रोबोट अवलोकन गरिरहेका बेला सांसदहरूबीच भएको कुराकानीको भिडियो सार्वजनिक भएको हो । भिडियोमा उनीहरूले नेपाली कांग्रेसको आन्तरिक विवाद र नेकपा एमालेको नेतृत्वबारे छलफल गरेको सुनिन्छ ।
कुराकानीका क्रममा उनीहरूले कांग्रेसको नेतृत्व शेरबहादुर देउवाको हातमा जानुपर्ने र उहाँले पार्टीको आधिकारिकता पाए आफूहरूलाई राजनीतिक रूपमा फाइदा हुने धारणा राखेको सुनिन्छ ।
त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतको राजनीतिक अवस्थाबारे पनि उनीहरूले चर्चा गरेका छन् । अदालतबाट कांग्रेसको आधिकारिकता देउवाको पक्षमा जानुपर्ने र स्थानीय चुनावसम्म त्यसलाई कायम राख्नुपर्ने आशयको अभिव्यक्ति भिडियोमा सुनिन्छ ।
आफूहरूले पनि काम गरेर देखाउन नसके भविष्यमा यस्तै राजनीतिक परिस्थितिको सामना गर्नुपर्ने हुन सक्ने आशयसमेत सांसदहरूले व्यक्त गरेका छन् ।
संवाद सार्वजनिक भएपछि रास्वपा सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिनुभएको छ । उहाँले सांसदहरूबीच भएको अनौपचारिक छलफलको निष्कर्ष नागरिकको विश्वास कामबाटै प्रमाणित गर्नुपर्ने रहेको दाबी गर्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका २० जना सांसदसहितको टोली अहिले चीन भ्रमणमा रहेको छ । ०००००



.jpeg)







प्रतिकृया दिनुहोस