नेपालले आज यूएईसँग खेल्दै

बिर्तामोड, ६ मंसिर । 
एसीसी पुरुष एसिया कप राइजिङ स्टार्समा नेपालले आज नेपालले युएईसँग खेल्दैछ । कतारको दोहामा हुने यो खेल आज विहान ११; ४५ बजेदेखि शुरु हुनेछ ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा भारत ए सँग ३०६ रनको फराकिलो हार बेहोरेर खराब शुरुवात गरेको छ भने युएईले पनि पाकिस्तान ए सँग ६१ रनको हार बेहोरेको थियो । प्रतियोगितामा दुवै देशले पहिलो खेल हारेकाले यो खेल जित्नै पर्ने अवस्थामा आमने सामने हुदैछन् ।
नेपाल सन्दीप लामिछानेको कप्तानीमा यो प्रतियोगिता खेलिरहेको छ ।  नेपालले यसपछि अर्को खेल नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ ।
एकदिवसीय फम्र्याटमा हुने यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ए टिम सहभागी छन् । हङकङ, नेपाल र युएईका मुख्य टिम प्रतिष्पर्धा गर्दैछन् । नेपालले भने एनपीएल जारी रहेकाले धेरै जसो खेलाडी प्लेअफबाट बाहिरिएका टिमका खेलाडी समेटेको छ । 

प्रतिकृया दिनुहोस