नेपाली कांग्रेसको नयाँ विधान र पदाधिकारी विवरण निर्वाचन आयोगमा अद्यावधिक 

काठमाडौं, ९ मंसिर । 
निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ ।
आयोगको आज बसेको बैठकले कांग्रेसको विधान र पदाधिकारीसम्बन्धी विवरण अद्यावधिक गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभएको छ । 
नेपाली कांग्रेसले गत असोज १९ देखि २३ गतेसम्म काठमाडौँको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गरेको थियो । महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र संशोधित विधानको विवरण आयोगमा अद्यावधिक गरिएको हो ।
निर्वाचन आयोगले समयमा विवरण अद्यावधिक नगर्दा कांग्रेसको आधिकारिकता र नयाँ नेतृत्वको अभिलेखका विषयमा विभिन्न प्रश्न उठ्दै आएका थिए ।
आयोगको पछिल्लो निर्णयसँगै कांग्रेसको नयाँ विधान र पदाधिकारीसम्बन्धी विवरणले औपचारिक अभिलेखमा अद्यावधिकता पाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस