फिदिममा निःशुल्क आँखा शिविर
पाँचथर, ९ मङ्सिर ।
फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पताल, सैनिकमोड झापाको प्राविधिक सहयोगमा पाँचथरको फिदिममा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।
तीन दिनसम्म चल्ने शिविरमा आँखाको ज्योती गुमाएका, आँखाको समस्या भएका, आर्थिक अभाव भइ उपचार गराउन नसकेका, उमेरका कारण तराईका अस्पतालसम्म पुगेर उपचार गराउन नसकेका जेष्ठ नागरिकलाई शल्यक्रियासहितको सेवा प्रदान गर्ने लक्ष्य राखिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
विगतदेखि नै फिदिम नगरपालिकाले जिल्लामा उपलब्ध नभएका विशेषज्ञ चिकित्सकसहितका सेवा शिविरमार्फत प्रदान गरेर सेवा दिने प्रयास गरिरहेको र यस शिविरमा शिविरमा दुई हजारजना विरामीलाई सेवा दिने लक्ष्य राखिएको प्रमुख काफ्लेले वताउनुभयो । ०००००











प्रतिकृया दिनुहोस