नेपाली कांग्रेस देउवा समूहको महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मा शशांक कोइरालालाई
काठमाडौं, ९ मंसिर ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको तयारी समिति गठन गर्ने जिम्मेवारी संयोजक शशांक कोइरालालाई दिएको छ ।
आज चुनदेवीमा बसेको समूहको बैठकले महाधिवेशन तयारी समितिका संयोजक कोइरालालाई आवश्यक समिति गठन गर्ने जिम्मेवारी दिने निर्णय गरेको नेता जीतजंग बस्नेतले जानकारी दिनुभयो ।
कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकबारे निर्णय गर्ने बताइएको छ । त्यसपछि संयोजकहरूले आ–आफ्नो समितिमा सदस्यहरू थपेर काम सुरु गर्नेछन् ।
महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन, स्वयंसेवक र मञ्च व्यवस्थापन लगायत १५ देखि २० वटासम्म समिति गठन गर्ने तयारी रहेको छ । ०००००










प्रतिकृया दिनुहोस