भारत भ्रमणपछि प्रधानमन्त्री बालेनको राष्ट्रपतिसँग भेटवार्ता
काठमाडौं, ११ मंसिर ।
प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।
आज शीतल निवास पुगेर प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग भेट गर्नुभएको हो । भारतको दुईदिने भ्रमणबाट फर्किएको पाँच दिनपछि उहाँले राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको हो ।
प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने बेला राष्ट्रपतिसँग भेट नगरेको भन्दै टिप्पणीसमेत भएको थियो ।
आज नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपतिसँग भेट गरी फर्किएलगत्तै प्रधानमन्त्री शाह शीतल निवास पुग्नुभएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल भएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भएको भारत भ्रमणका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।
भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा समेत छलफल भएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभएको छ । ०००००



.jpeg)
...jpeg)





प्रतिकृया दिनुहोस